ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य
baahrakhari.com · Mon Jun 08 11:47:56 GMT 2026

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरबीच सहकार्य हुने भएको छ । ग्लोबलका ग्राहकहरूलाई भाटभटेनीका सम्पूर्ण स्टोरहरूबाट सामान खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमा अन–द–फ्लाई ईएमआई सुविधा विशेष सुविधा प्रदान गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।
डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने र ग्राहकलाई आधुनिक वित्तीय सेवा दिने उद्देश्यले दुई संस्थाबीच व्यावसायिक सहयकार्य सुरुआत भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)