पपुलिज्मभन्दा माथि उठेर दिगो रूपान्तरणमा लाग्न रास्वपालाई बाबुरामको सुझाव
khabarhub.com · Fri Aug 07 00:29:47 GMT 2026

काठमाडौँ – पूर्वप्रधानमन्त्रीले डा बाबुराम भट्टराईले समकालीन नेपाली राजनीतिमा नयाँ र वैकल्पिक राजनीतिको बहस तथा निर्माण प्रक्रिया राष्ट्रिय स्तरमा अगाडि बढेर राजनीतिको केन्द्रमा स्थापित हुनु निकै ठूलो ऐतिहासिक महत्त्व र खुसीको कुरा भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो भनेका हुन् । बाबुरामले विक्रम संवत् २०७० फागुन २५ गते प्रकाशित ‘नयाँ शक्तिको खाँचो’ शीर्षकको विश्लेषणात्मक आलेखपछि नै देशमा नयाँ वैकल्पिक राजनीतिको बहस सुरु भएको स्मरण गरेका छन्।
उनले पार्टी र नेतृत्वको नाम वा त्यसका भँगालाहरू जे-जस्ता भए पनि युग परिवर्तनसँगै अगाडि आउने समाज र राज्यका आधारभूत समस्याहरूको पहिचान तथा तिनको समाधान गर्ने वैचारिक-राजनीतिक कार्यदिशा नै व्यावहारिक राजनीतिको मूल मर्म भएको उल्लेख गरेका छन् । उनले समकालीन नेपालका साझा र आधारभूत राजनीतिक एजेण्डा ‘५ एस’ भएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)