कस्तो रहला शुक्रबारको मौसम ?
nepalviews.com · Fri Aug 07 00:33:50 GMT 2026

काठमाडौं । देशभर हाल मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास र पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेको छ।
हाल बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशसहित कोशी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा साधारणतया बदली भएको छ भने मधेस प्रदेश र तराईका केही भागमा आंशिक बदली रहेको छ। बागमती र कर्णाली प्रदेशका केही तथा कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अहिले हल्का वर्षा भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)