ट्रम्प भन्छन्—'युद्ध धेरै लामो जान सक्दैन, होर्मुज सम्झौता नजिकिँदै छ'
ratopati.com · Fri Aug 07 00:44:43 GMT 2026

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध चाँडै अन्त्य हुने अपेक्षा व्यक्त गरेका छन् । ऊर्जा मूल्यबारे पत्रकारहरूको प्रश्नको जवाफ दिँदै ट्रम्पले युद्ध ‘धेरै चाँडो’ अन्त्य हुने बताउँदै यो अवस्था ’धेरै लामो समयसम्म जान नसक्ने’ धारणा व्यक्त गरेका हुन् ।
यसैबिच, अमेरिका, इरान र ओमान स्ट्रेट अफ होर्मुज पुनःखोल्ने विषयमा अस्थायी सम्झौताको नजिक पुगेका छन् । विश्वको महत्त्वपूर्ण ऊर्जा मार्गमध्ये एक मानिने स्ट्रेट अफ होर्मुजमा तनाव कम गर्न सकिने अपेक्षासहित तीन देशबिच वार्ता अघि बढिरहेको छ । सम्झौता भएमा क्षेत्रीय तनाव कम हुनुका साथै विश्व बजारमा तेल आपूर्तिसम्बन्धी चिन्ता पनि केही घट्न सक्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)