जाइकाको सहयोगमा तयार भयो काठमाडौंका सडक र यातायातका लागि नयाँ गुरुयोजना
kendrabindu.com · Fri Aug 07 00:41:58 GMT 2026

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको सडक पूर्वाधार र सहरी यातायात प्रणालीलाई व्यवस्थित बनाउन चौथो पटक बृहत् गुरुयोजना तयार गरिएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को प्राविधिक सहयोगमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यो प्रतिवेदन तयार पारेको हो ।
यसअघि सन् १९९३, २०१२ र २०१७ मा पनि यस्ता अध्ययन भएका थिए । विगतका योजना स्वीकृत हुन नसके पनि यस पटक मन्त्रिपरिषद्ले पारित गर्ने अपेक्षा गरिएको छ । गुरुयोजनाले सन् २०५० सम्मको उपत्यकाको यातायात अवस्थालाई मार्गनिर्देशन गर्ने लक्ष्य राखेको छ । २४ वर्षपछि काठमाडौं उपत्यकाको जनसंख्या ४३ लाख पुग्ने अनुमानसहित नयाँ सहर विकास योजना, यातायात चाप पूर्वानुमान, सवारीसाधनको माध्यम परिवर्तन, मास ट्रान्जिट करिडोर, सुरुङमार्ग, चोक सुधार र बस सञ्चालन सुधारका आयोजना प्रस्ताव गरिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)