प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक र एक प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यसूची
nepalviews.com · Fri Aug 07 00:41:38 GMT 2026

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) दिउँसो बस्दै छ। सिंहदरबारस्थित संसद् सचिवालयमा अपराह्न १:०० बजे बस्ने बैठकमा विभिन्न चारवटा विधेयक र एक प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्नेछन्। त्यसैगरी, प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)