बाढीपीडितका लागि राहत सङ्कलन र वितरण यसरी भइरहेको छ
barnanmedia.com · Mon Aug 31 11:00:14 GMT 2026

रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकका लागि काठमाडौँबाट सङ्घीय सरकारले प्रदेश तथा स्थानीय तहसँगको समन्वयमा राहत सङ्कलन, व्यवस्थापन तथा वितरणलाई तीव्रता दिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्रीको पहिचानदेखि त्यसको व्यवस्थापन र वितरणसम्मको अवस्थाबारे निरन्तर जानकारी लिइरहेको छ ।
प्राधिकरणका अनुसार ‘सेतु र्यापिड’ प्रणालीमार्फत कुन स्थानमा कस्तो राहत सामग्री आवश्यक छ, कति परिमाणमा आवश्यक छ र उपलब्ध सामग्री कसरी सम्बन्धित स्थानमा पु¥याउने भन्नेबारे जानकारी सङ्कलन तथा समन्वय भइरहेको छ । यसबाट प्रभावित क्षेत्रको वास्तविक आवश्यकता पहिचान गरी सोहीअनुसार राहत सामग्री व्यवस्थापन गर्न सहज भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)