देशभर मनसुनी प्रभाव सक्रिय : अधिकांश क्षेत्रमा वर्षा, हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्ने
bishowkhabar.com · Fri Aug 07 01:19:51 GMT 2026

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थान भन्दा केही उत्तरतर्फ रहेको जानकारी दिएको छ ।
हाल बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागमा साधारणतया बादल लागेको छ । मधेश प्रदेश तथा कोशी र लुम्बिनी प्रदेशको तराई भू–भागमा आंशिक बादल लागेको । बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)