नगरप्रमुखसहित ११ जनाविरुद्ध दुग्ध सहकारी अनुदान प्रकरणमा भ्रष्टाचार मुद्दा
hamrakura.com · Fri Aug 07 00:00:00 GMT 2026
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूकुम-पश्चिमको आठबीसकोट दुग्ध सहकारी संस्थालाई कार्यविधिविपरीत करोडौँ रुपैयाँ अनुदान उपलब्ध गराई राज्यलाई गैरकानूनी हानि पुर्याएको अभियोगमा ११ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अनधिकृत रूपमा उक्त सहकारीलाई गैरकानूनी लाभ पुर्याएको आरोपमा आठबीसकोट नगरपालिकाका प्रमुखसहित ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार आठबीसकोट नगरपालिका–९ का जनक बटालाले आठबीसकोट दुग्ध सहकारीका नाममा डेरी सञ्चालन गर्ने भन्दै नगरपालिकाबाट लाखौँ रुपैयाँ प्राप्त गरे पनि दुई वर्षसम्म डेरी सञ्चालन नगरेको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)