पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको अनलाइन पोर्टल सार्वजनिक
ratopati.com · Fri May 15 16:53:22 GMT 2026

काठमाडौँ । पुष्पलाल मार्क्सवादी विश्वविद्यालयले आफ्नो डिजिटल साइट सार्वजनिक गरेको छ ।
नेपालमा क्रियाशील सम्पूर्ण गैरसंसदीय र संसद्वादी कम्युनिस्ट/वामपन्थी पार्टीका नेताहरू सहभागी गराएर सहिद तथा बेपत्ता योद्धाका परिवारजनका हातबाट पुष्पलाल मार्क्सिस्ट युनिभर्सिटी डटकम नामको अनलाइन आरम्भ गरिएको जानकारी विश्वविद्यालयले दिएको छ । विश्वविद्यालयले एउटै मालेमावादी शिक्षा प्रदान गर्ने र मार्क्सवादी दर्शन र विचारको प्रवर्द्धन गर्ने लक्ष्य राखेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)