धरौटीमा छुटेका अभिषेक गिरी पुनः मोरङ प्रहरीको नियन्त्रणमा
ratopati.com · Fri Aug 07 01:49:21 GMT 2026

विराटनगर । अभिषेक गिरी बिहीबार साँझ विराटनगर विमानस्थलबाट पक्राउ परेका छन्। काठमाडौँबाट बुद्ध एयरको उडानमार्फत साँझ ७ः०५ बजे विराटनगर आइपुगेलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार गिरीविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा यसअघि नै अदालतबाट पक्राउ अनुमति लिइसकिएको थियो। सोही पक्राउ पुर्जीका आधारमा उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)