ब्राजिलियन स्टार भिनिसियस रियल म्याड्रिडमै रहने, गरे नयाँ सम्झौता
himalpress.com · Fri Aug 07 01:49:41 GMT 2026
ब्राजिलियन स्टार भिनिसियस जुनियरले स्पेनिस क्लब रियल म्याड्रिडसँग सन् २०३२ सम्म रहने गरी नयाँ ६ वर्षे सम्झौता गरेका छन्।
२६ वर्षीय भिनिसियसको अघिल्लो सम्झौताको अवधि अन्तिम १२ महिनामा पुगेको थियो। पछिल्ला केही सातायता उनीमाथि आर्सनलको पनि चासो रहेको चर्चा चलेको थियो। तर रियल म्याड्रिडले बिहीबार दुवै पक्षबीच नयाँ सम्झौता भएको पुष्टि गर्दै उनी क्लबमै रहने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)