केन्या गणतन्त्र सरकारद्वारा नेपालको विपत्तिप्रति दुख व्यक्त
annapurnapost.com · Mon Aug 31 11:00:32 GMT 2026

काठमाडौं : केन्या गणतन्त्र सरकारले नेपालमा विनाशकारी बाढीले गरेको धनजनको क्षतिप्रति दुख व्यक्त गरेको छ। केन्याका विदेश तथा डायस्पोरा मामिला मन्त्रिपरिषद् सचिव डा. मुसलिया मुड्वडीले नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाएका हुन्।
परराष्ट्रमन्त्री शिशिर खनाललाई सम्बोधन गर्दै सचिव डा. मुसलिया मुड्वडीले नेपाल सरकार र नेपाली जनताप्रति समवेदना व्यक्त गरेका छन्। ‘विनाशकारी बाढीको पीडा केन्याले पनि भोगेको हुनाले, हामी नेपालका जनतासँग ऐक्यबद्धता प्रकट गर्दछौं। जसमा हामीले गुमाएकाहरू प्रति शोक व्यक्त गर्नुका साथै आफ्नो जीवन पुनःनिर्माण गरिरहेकाहरूको दृढताको सम्मान पनि गर्दछौं।’ सन्देशमा उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)