भारतमा केजरीवालको फेसबुक बन्द, पोखे मोदीप्रति आक्रोश
kendrabindu.com · Fri Aug 07 01:59:46 GMT 2026

नयाँदिल्ली । आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले बिहीबार आफ्नो फेसबुक अकाउन्ट भारतमा प्रतिबन्ध लगाइएको बताएका छन्। उनले यस विषयमा फेसबुक सञ्चालक कम्पनी मेटासँग कारण सोधेका छन्।
केजरीवालले अर्को सामाजिक सञ्जाल एक्समार्फत मेटाको भारत कार्यालयसँग सोधपुछ गर्दा आफ्नो अकाउन्ट भारतमा ब्लक गरिएको पाइएको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘कम्पनीका अधिकारीले खाता ब्लक हुनुको कारण वा यसलाई कसरी पुन: सक्रिय गर्न सकिन्छ भनेर स्पष्ट पारेनन्।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)