करदाता प्रोत्साहन कार्यक्रम : आज उपहार घोषणा गरिने
nagariknews.nagariknetwork.com · Fri Aug 07 02:06:26 GMT 2026

आन्तरिक राजस्व विभागले आज (शुक्रबार) करदाता प्रोत्साहन उपहार घोषणा गर्ने भएको छ। बिहीबार विभागले अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई उपहार छनोट विधि र प्रणालीबारे जानकारी गराएको थियो।
सो क्रममा विभागका प्राविधिकहरूले नमुना उपहार छनोट विधि अर्थमन्त्री डा वाग्लेसमक्ष प्रस्तुत गरेका थिए। विभागका महानिर्देशक एवं सहसचिव डा भीष्मकुमार भुसालका अनुसार विभागले पहिलो उपहार कार्यक्रम आज घोषणा गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)