मत्स्य केन्द्रद्वारा चार करोड ३८ लाख भुरा उत्पादन
barnanmedia.com · Fri Aug 07 02:00:55 GMT 2026

यहाँस्थित मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्रले एक वर्षमा चार करोड ३८ लाख भुरा उत्पादन गरेको छ ।
केन्द्रका प्रमुख ज्ञानबहादुर जिरेलका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा केन्द्रले चार करोड ३८ लाख ह्याचलिङ, ३२ लाख फ्राइ भुरा, १३ लाख ८२ हजार फिङ्गरलिङ तथा दुई हजार ५३ किलो खाने माछा उत्पादन गरी बिक्री वितरण गरेको हो । भुरा बिक्रीबाट रु ३४ लाख ३५ हजार ५३६ आम्दानी भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)