सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्रको बीओपीमा भौतिक क्षति
corporatenepal.com · Fri Aug 07 02:05:56 GMT 2026

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो जाँदा सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा बेस (बीओपी) तातोपानीमा भौतिक क्षति पुगेको छ।
शुक्रबार (२०८३ साउन २२) राति १ः१५ बजे बीओपीको उत्तर–पश्चिमतर्फ रहेको करिब २०० देखि ३०० मिटर अग्लो डाँडाबाट सुख्खा पहिरो खसेको थियो। पहिरोसँगै खसेका ढुंगाहरू एकआपसमा ठोक्किएर उछिट्टिँदा प्रहरी परिसरका विभिन्न संरचनामा क्षति पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)