वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
nepalviews.com · Fri Aug 07 02:12:15 GMT 2026

काठमाडौं । देशका विभिन्न भागमा भइरहेको लगातारको वर्षाका कारण प्रमुख राजमार्ग तथा सडकखण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आज बिहान ५ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै पहिरो, सडक कटान र बाढीको जोखिमका कारण एक दर्जनभन्दा बढी सडकखण्डहरू प्रभावित भएको जनाएको छ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै बेलुका ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ भने बिहान ४ः०० देखि बेलुका ६ः०० बजेसम्म मात्र सवारी खुला गरिएको छ। यसैगरी, कान्ति लोकपथमा पनि वर्षायामका कारण बेलुका ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारीसाधन आवतजावतमा प्रतिबन्ध लगाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)