स्कुलमा कैंची चलाउन रोक,तर रोकिएन पेलाइ !
annapurnapost.com · Fri Aug 07 02:08:27 GMT 2026

काठमाडौं : सरकारले शिक्षा नियमावलीको १०औं संशोधनको नियम २५ मा विद्यालय परिसर वा कक्षाकोठाभित्र विद्यार्थीको इच्छाविपरीत जबरजस्ती कपाल काट्न वा कटाउन नपाउने स्पष्ट व्यवस्था गरेको छ। नियमावलीअनुसार विद्यार्थीको शारीरिक, मनोवैज्ञानिक तथा मनोसामाजिक अवस्थामाथि नकारात्मक असर पर्ने कुनै पनि गतिविधि गर्न/गराउन पाइँदैन। तर, कानुनी रूपमा प्रतिबन्ध लगाइए पनि व्यवहारमा भने धेरैजसो विद्यालयहरूले अनुशासनको नाममा जबरजस्ती कपाल काट्ने, अपमानित गर्ने र दबाब दिने अभ्यासलाई रोकेका छैनन्।
विद्यार्थीको शारीरिक स्वरूप, पहिरन, शृंगार वा साजसज्जाका आधारमा होच्याउने, लाञ्छित गर्ने, शुल्क नतिरेको बहानामा अपमानित गर्ने तथा परीक्षा वा कक्षाबाट वञ्चित गर्ने कार्यलाई नियमावलीले पूर्ण रूपमा निषेध गरेको छ। तर, कानुन बने पनि मैदानको वास्तविकता भने अझै चुनौतीपूर्ण छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)