कालीमाटी बजारमा तरकारी तथा फलफूलको थोक मूल्य
hamrakura.com · Fri Aug 07 00:00:00 GMT 2026
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिको मूल्यसूचीअनुसार गोलभेँडा ठूलो नेपाली प्रतिकिलो ७० रुपैयाँ, भारतीय ८० रुपैयाँ र सानो टनेलको ४० रुपैयाँ रहेको छ। त्यस्तै, रातो आलु लाम्चो ५१ रुपैयाँ, गोलो तथा मुढे ५२ रुपैयाँ, भारतीय आलु ३७ रुपैयाँ, सेतो आलु ३५ रुपैयाँ र सुकेको भारतीय प्याज ५७ रुपैयाँ कायम गरिएको छ।
अन्य तरकारीतर्फ लोकल गाजर प्रतिकिलो १२१० रुपैयाँ, तराई गाजर ८० रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ, रातो तथा सेतो हाइब्रिड मूला ३० रुपैयाँ, लाम्चो भन्टा ५० रुपैयाँ र डल्लो भन्टा ६० रुपैयाँ निर्धारण गरिएको छ। तने बोडी ९० रुपैयाँ, मकै बोडी, टाटे सिमी र भटमास कोसा १०० रुपैयाँ, घिउ सिमी लोकल तथा हाइब्रिड ९० रुपैयाँ, तीते करेला ५० रुपैयाँ, लौका, लोकल तथा तराई परवर, पाकेको र हरियो डल्लो फर्सी, भिन्डी तथा झिगुनी ६० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौँला ४० रुपैयाँ, सखरखण्ड १२० रुपैयाँ, पिँडालु १०० रुपैयाँ र स्कुस ५० रुपैयाँ तोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)