सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति
khabarhub.com · Fri Aug 07 02:18:34 GMT 2026

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा पहिरो जाँदा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) तातोपानीका विभिन्न संरचनामा क्षति पुगेको छ।
प्राप्त जानकारीअनुसार बिहान १ः१५ बजे बीओपीको उत्तर–पश्चिमतर्फ रहेको करिब २०० देखि ३०० मिटर अग्लो डाँडाबाट सुख्खा पहिरो खसेको थियो। पहिरोसँगै झरेका ढुङ्गाहरू आपसमा ठोक्किँदा उछिट्टिएर बीओपी परिसरभित्र पुगेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)