टिपरको ठक्करबाट युवतीको मृत्यु
lokaantar.com

दाङको तुलसीपुरमा टिपरले ठक्कर दिँदा स्कुटर चालक युवतीको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–११ निवासी २१ वर्षीया कल्पना केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए ।
बिहीबार दिउँसो तुलसीपुरस्थित गुम्राह चोकबाट मदन आश्रित चोकतर्फ आउँदै गरेको मोटरसाइकलले विपरीत दिशाबाट जाँदै गरेको स्कुटरलाई गुम्राहचोक नजिकै ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट स्कुटर चालक केसी अनियन्त्रित भई सडकमा लडेको बेला सोही दिशातर्फ जाँदै गरेको एक टिपरसँग ठोक्किँदा उनी गम्भीर घाइते भएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)