घरजग्गा कारोबारका लागि इजाजतपत्र अनिवार्य
lokaantar.com

भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गासम्बन्धी कारोबार गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्थाको स्मरण गराएको छ । विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थालाई २१ दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरेको छ ।
इजाजतपत्र प्राप्त गर्न कारोबारको प्रकृतिअनुसार दस्तुर पनि निर्धारण गरिएको छ । एकपटकमा रु पाँच करोडसम्मको कारोबार गर्ने फर्म, कम्पनी वा संस्थाले रु पाँच लाख दस्तुर बुझाउनुपर्नेछ । यस्तै, रु पाँच करोडभन्दा बढी कारोबार गर्नेले रु १० लाख दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)