रसुवा बाढी पीडितको सहयोगका लागि हिमालयन बैंकद्वारा ३ करोड १ लाख रुपैयाँ सहयोग
ratopati.com · Mon Aug 31 11:12:32 GMT 2026

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
गत भदौ १० गते बिहान रसुवा जिल्ला भएर बग्ने भोटेकोशी नदीमा अचानक आएको गेग्रान सहितको बाढीले भोटेकोशी र त्रिशूली नदी किनारका बासिन्दाहरूलाई ठूलो क्षति पुर्याएको थियो । उक्त प्राकृतिक विपद्बाट प्रभावित भएकाहरूको सहायताका लागि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सो रकम प्रदान गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)