खाना पकाउने ग्यासमा बढी मूल्य लिने एभरेष्ट मार्टलाई २ लाख जरिवाना
nepalnews.com · Fri Aug 07 02:54:28 GMT 2026
काठमाडौं । खाना पकाउने ग्यास तोकिएको मूल्यभन्दा बढीमा बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं महानगरपालिका–१७, ठहिटीस्थित एभरेष्ट मार्ट स्टोर प्रालिलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ।
विभागले स्थलगत बजार अनुगमनका क्रममा उक्त स्टोरले उपभोक्ताबाट निर्धारित मूल्यभन्दा बढी रकम असुलेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गर्दै २ लाख रुपैयाँ जरिवाना गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)