बैतडीका चार नगरपालिकाको २ अर्ब ९२ करोडभन्दा बढी बजेट
gorkhapatraonline.com · Fri Jun 26 02:02:11 GMT 2026

२बैतडीका स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन्। जिल्लाका चारवटै नगरपालिकाले नगरसभामार्फत बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास तथा रोजगारीलाई प्राथमिकतामा राखेका छन्।
जिल्लाको सदरमुकाम रहेको दशरथचन्द नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९१ करोड ७२ लाख ३६ हजार रुपियाँको बजेट ल्याएको छ। नगरसभाको नवौँ अधिवेशनमा उपप्रमुख कौशिला चन्दले बजेट प्रस्तुत गर्नुभयो। बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा रोजगारी प्रवर्द्धनका कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ। साथै नगर बस सेवा विस्तार र नगर प्रहरी भर्ना गर्ने योजना पनि समेटिएको छ। यसअघि नगर प्रमुख पुष्करराज जोशीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विगतका सफल कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)