वीरगन्ज नाकाबाट वस्तुको आयात बढ्यो
kendrabindu.com · Fri Aug 07 03:17:24 GMT 2026

पर्सा। देशको प्रमुख व्यापारिक नाका वीरगन्जबाट आयात हुने प्रमुख वस्तुको आयात गत आर्थिक वर्षमा एकैसाथ बढेको छ। उद्योगका लागि आवश्यक कच्चा पदार्थ, कृषि उत्पादनमा प्रयोग हुने मलखाद, यातायातका साधन, विद्युतीय उपकरणदेखि दैनिक उपभोग्य वस्तुसम्म शीर्ष १० आयातित वस्तुको मूल्य अघिल्लो आर्थिक वर्षको तुलनामा वृद्धि भएको वीरगन्ज भन्सार कार्यालयको तथ्यांकले देखाएको छ।
भन्सारको तथ्यांकअनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी मूल्यको आयात पेट्रोलियम पदार्थको भए पनि त्यसपछि औद्योगिक उत्पादनसँग प्रत्यक्ष जोडिएका फलाम तथा फलामजन्य सामग्री, मेसिनरी तथा तिनका पार्टपुर्जा र भटमासको कच्चा तेलको आयात उल्लेख्य रूपमा बढेको छ। यसले उद्योग र निर्माण क्षेत्रमा कच्चा पदार्थको माग विस्तार भइरहेको संकेत गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)