यूईएफए अझै अविश्वास प्रस्तावको पक्षमा
kendrabindu.com · Fri Aug 07 03:22:58 GMT 2026
जेनेभा । युरोपेली फुटबल महासंघ (यूईएफए) ले जियानी इन्फान्टिनोविरुद्ध अविश्वास प्रस्ताव ल्याउने योजनामै रहेको बताइएको छ । विश्व फुटबल महासंघ (फिफा) को अध्यक्षविरुद्ध यस्तो प्रस्ताव ल्याउन ४३ सदस्यको मत चाहिने हुन्छ । यूईएफएको आफ्नै सदस्य संख्या ५५ रहेको हुनाले यस्तो प्रस्ताव ल्याउन उसलाई कुनै कठिनाइ रहेको छैन ।
तर प्रस्ताव पारित गराउन आवश्यक कुल सदस्य संख्याको आधा १ सय ६ मत ल्याउन भने कठिनाइ हुनेछ । अविश्वास प्रस्ताव प्रस्तुत गर्न विशेष साधारणसभा आवश्यक पर्छ र यसलाई बेलाउन नै तीन महिनाको समय चाहिन्छ । यति समयभित्र इन्फान्टिनोले अरू सदस्य देशलाई आफ्नो पक्षमा ल्याउन सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)