वीरगञ्जमा पेट्रोलियम पदार्थ चोरी प्रकरण : ट्याङ्करसहित सात जना पक्राउ
bishowkhabar.com · Fri Aug 07 03:25:38 GMT 2026

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिका–१४ बाइपास सडकखण्डस्थित आईसीपी जाँचपास गरी नेपाल प्रवेश गरेको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट अनाधिकृत रूपमा तेल चोरी गरी बिक्री–वितरण गर्ने कार्यमा संलग्न सात जनालाई प्रहरीले ट्याङ्करसहित पक्राउ गरेको छ ।
बिहीबार साँझ वीरगञ्ज–१४ स्थित सौदागर आयल सेन्टरमा ना.७ ख १५३९ नम्बरको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करमा जडान गरिएको सिल फलामको पाइपको हुक प्रयोग गरी उचालेर अवैध रूपमा तेल निकालिरहेको अवस्थामा उनीहरूलाई रंगेहात फेला पारिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)