प्रतिनिधिसभाको संसदीय क्यालेन्डरबाट किन हटाइयो प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम ?
ajakoartha.com · Fri Aug 07 03:29:00 GMT 2026

काठमाडौं– प्रतिनिधिसभाको संसदीय क्यालेन्डर सार्वजनिक भएको छ। कार्यव्यवस्था परामर्श समितिबाट स्वीकृत कार्यतालिकाअनुसार संसद् सचिवालयले साउन र भदौ महिनाका बैठकहरूको मिति तथा सम्भावित कार्यसूची सार्वजनिक गरेको हो।
संसदीय क्यालेन्डरमा प्रधानमन्त्रीसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने समावेश गरिएको छैन। प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ अनुसार प्रत्येक महिनाको पहिलो साताभित्र बस्ने पहिलो बैठकमा प्रधानमन्त्रीले सांसदका प्रश्नको प्रत्यक्ष जवाफ दिनुपर्ने व्यवस्था छ। तर सार्वजनिक गरिएको साउन–भदौको कार्यतालिकामा उक्त कार्यक्रम नराखिएकाले नियमावलीको व्यवस्थाप्रति प्रश्न उठेको छ। विपक्षी दलहरूले यस विषयलाई लिएर आपत्ति जनाउने सम्भावना पनि देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)