सुख्खा पहिरोले तातोपानी भन्सारस्थित सशस्त्र प्रहरी बीओपीमा क्षति
kendrabindu.com · Fri Aug 07 03:35:51 GMT 2026

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार राति सुख्खा पहिरो जाँदा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) मा भौतिक क्षति पुगेको छ।
शुक्रबार बिहान १:१५ बजे बीओपीको उत्तर–पश्चिमतर्फ रहेको करिब २००–३०० मिटर अग्लो डाँडाबाट सुख्खा पहिरो खस्दा ढुंगाहरू एकआपसमा ठोक्किएर उछिट्टिँदा बीओपीका विभिन्न संरचनामा क्षति पुगेको हो। घटनामा मानवीय क्षति भने भएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)