इन्भेस्टमेन्ट बैंकका अध्यक्षसहित कसैलाई पक्राउ नगर्न सीआईबीलाई सर्वोच्चको अल्पकालीन आदेश
kendrabindu.com · Fri Aug 07 03:39:15 GMT 2026

काठमाडौं । स्मार्ट टेलिकमको धितो लिलामी प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष र सञ्चालक समिति सदस्यहरूलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
जिल्ला अदालत काठमाडौँले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सिफारिसमा पक्राउ पुर्जी जारी गरेपछि बैंकका नेतृत्वकर्ताहरूको निवेदनमा बिहीबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले बैंकका अध्यक्षसहित सञ्चालक समितिका कसैलाई पनि तत्काल धरपकड र पक्राउ नगर्न अल्पकालीन आदेश जारी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)