धान खेत जलाशयमा परिणत, किसान मर्कामा
hamrakura.com · Fri Aug 07 00:00:00 GMT 2026
रौतहट । प्रकृतिको सानो कृपाको पर्खाइमा रहेका रौतहटका किसानमाथि दैवले ठूलो बज्रपात प्रहार गरेको छ। विगत केही दिनदेखि परेको अविरल र मुसलधारे वर्षाका कारण जिल्लाभरिका धान खेतहरू हेर्दाहेर्दै विशाल जलाशयमा परिणत भएका छन्। नदी, पोखरी र स्थानीय जलाशय आसपासका उर्वर भूमिहरू मात्र होइन, जिल्लाका १८ वटै स्थानीय तहमा भर्खरै रोपिएका हरिया धानका गाँजहरू अहिले धमिलो पानीमुनि पुरिएका छन्। महिनौँको कडा श्रम, पसिना र ऋण गरेर किनेको मल–बीउको लगानी आँखाकै अगाडि पानीमा बगेर जाँदा जिल्लाका किसानहरू अहिले पीडामा छन्।
धान खेतमा पानीको उचित निकास नहुँदा बाढीको पानी महिनौँको मेहनतमाथि जमेर बसेको छ। खेतहरू ताल जस्तै बनेपछि भर्खरै जरा हाल्दै गरेका धानका बिरुवाहरू पानीभित्रै कुहिन थालेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)