एमबीबीएससहित स्वास्थ्य शिक्षाका स्नातक कार्यक्रमको प्रवेश परीक्षाका लागि आवेदन खुला
nepalviews.com · Fri Aug 07 04:09:46 GMT 2026

काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्वास्थ्य शिक्षाअन्तर्गत स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रममा विद्यार्थी भर्नाका लागि लिइने मेडिकल एजुकेसन कमन इन्ट्रान्स एक्जामिनेसन–ब्याचलर लेभल (MECEE–BL) को अनलाइन आवेदन खुलाएको छ। आयोगले एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएएमएस, बीपीएच, बीफार्म, बीएससी एमएलटी, बीपीटी र बी अप्टोमेट्रीलगायतका स्नातक तहका कार्यक्रममा सहभागी हुन इच्छुक उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरेको हो।
उक्त एकीकृत प्रवेश परीक्षाका लागि साउन २५ गते बिहान ९:०० बजेदेखि अनलाइन आवेदन फारम खुला हुनेछ भने नियमित शुल्क तिरी भदौ १५ गते साँझ ५:०० बजेसम्म आवेदन दिन सकिनेछ। तोकिएको म्यादभित्र आवेदन दिन छुटाएका उम्मेदवारहरूले भदौ १५ गते साँझ ५:०० बजेदेखि भदौ २२ गते साँझ ५:०० बजेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन पाउने व्यवस्था गरिएको छ। आवेदन शुल्क नेपाली उम्मेदवारका लागि ४,००० रुपैयाँ र विदेशी उम्मेदवारका लागि ८,००० रुपैयाँ तोकिएको छ, जुन हिमालय बैंकमार्फत दाखिला गर्नुपर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)