पर्वतारोहणबाट अर्बौं रोयल्टी, शून्य सुरक्षा
nepalnews.com · Fri Aug 07 04:15:23 GMT 2026

१८ अप्रिल २०१४ को बिहान सगरमाथा आरोहणमा आरोही र भरिया उक्लिरहेका थिए। ६:३० बजे खुम्बु आइसफल क्षेत्रमा माथिबाट ठूलो हिमपहिरो खस्यो। आधार शिविरबाट क्याम्प-टु तर्फ सामान पुर्याउन हिँडेका भरियाहरूलाई हिमपहिरोले पुर्यो। सगरमाथा आरोहणका लागि सबैभन्दा जोखिमपूर्ण बाटो मानिने खुम्बु आइसफलमा त्यस दिन १६ जनाले ज्यान गुमाए का थिए।
त्यो क्षण उनीहरूसँगै हिँडिरहेका दावा टासी शेर्पा ले अचानक ठूलो आवाज सुने। आवाजसँगै माथिबाट बादल जस्तै देखिने हिउँको थुप्रो तेज गतिमा आयो र केही सोच्न नभ्याउँदै सँगैका साथीहरूलाई सोहोरेर लग्यो। उनी भने हत्तपत्त हिउँले ढाकिएको ढिस्कोमा अडेस लागे तर उनको आधा शरीर हिउँले पुरिसकेको थियो। कति बेला उनी पनि अचेत भएछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)