कांग्रेसमा अदालतले ल्याएको बदलावको प्रभाव: हौसिएको समूहको राष्ट्रिय भेलालाई देउवाले गर्नेछन् सम्बोधन
canadanepal.com · Fri Aug 07 04:29:50 GMT 2026

काठमाडौँ- सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा पुनरवलोकन (निस्सा) दिने आदेश गरेसँगै पार्टीभित्रको आन्तरिक राजनीति पुनः तरंगित बनेको छ। संयुक्त इजलासको अघिल्लो निर्णय उल्टाउँदै सर्वोच्चको पूर्ण इजलासले मुद्दा पुनः सुनुवाइ गर्ने बाटो खोलेपछि देउवा पक्ष उत्साहित बनेको छ भने थापा नेतृत्वको संस्थापन पक्ष न्यायिक प्रक्रियामार्फत तथ्य पुनः पुष्टि गर्ने तयारीमा जुटेको छ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले बिहीबार वैशाख ४ को फैसला पुनरवलोकन गर्न अनुमति दिएको हो। पूर्वसभापति शेरबहादुर देउवा र पूर्वउपसभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोग र संयुक्त इजलासको निर्णय त्रुटिपूर्ण रहेको दाबी गर्दै निवेदन दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)