करदाता प्रोत्साहन उपहारः २५० रुपैयाँको सामान किन्ने एक जनाले पाए १० लाख बम्पर उपहार
techpana.com · Fri Aug 07 04:26:12 GMT 2026

काठमाडौंः सरकारले कर तिर्ने नेपालीलाई लखपति बनाउने कार्यक्रम करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो बम्पर उपहारको विजेता घोषणा गरेको छ । १ देखि १५ साउनमा सामान गरिद गरेका उपभोक्ता मध्ये लक्की ड्रबाट १५ जनाले १ लाखका दरले र एक जनाले १० लाख रुपैयाँ बम्पर उपहार पाएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।
शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँ बम्पर उपहार जितेका छन् । बम्पर उपहारको विजेता कुपन नम्बर ००७ ३१५ २५४ ४९३ रहेको छ । विजेताले १५ दिनभित्र नजिकको आन्तरिक राजस्व कार्यालयमा गएर दाबी गर्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)