बालुवा संकलन बन्द हुँदा राईगाउँका १७० घरधुरीको जीविकोपार्जन संकटमा
annapurnapost.com · Fri Aug 07 04:32:05 GMT 2026

धादिङ : धादिङको गजुरी गाउँपालिका–५ राईगाउँका करिब १७० घरधुरीको प्रमुख आम्दानीको स्रोत रहेको घाटबेसीस्थित बगरमा बालुवा संकलन कार्य केही दिनदेखि रोकिएपछि स्थानीय मजदुरको दैनिक जीविकोपार्जन प्रभावित भएको छ । दैनिक ज्याला मजदुरी गरेर परिवारको खर्च चलाउँदै आएका स्थानीयवासी बालुवा संकलन बन्द भएसँगै आर्थिक समस्यामा परेका छन्।
समस्यालाई गम्भीर रूपमा लिँदै गजुरी गाउँपालिकाले सम्बन्धित निकायसँग समन्वय र छलफल गरी समाधानको पहल थालेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)