एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ लगायत स्वास्थ्य शिक्षाको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन खुला
swasthyakhabar.com · Fri Aug 07 04:39:00 GMT 2026

काठमाडौं - चिकित्सा शिक्षा आयोगले स्वास्थ्य शिक्षाअन्तर्गत स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रममा भर्नाका लागि सञ्चालन हुने मेडिकल एजुकेसन कमन इन्ट्रान्स एक्जामिनेसन–ब्याचलर लेभलको अनलाइन आवेदन खुलाएको छ।
आयोगले सूचना जारी गर्दै एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएएमएस, बीपीएच, बीफार्म, बीएससी एमएलटी, बीपीटी, बी अप्टोमेट्रीलगायत स्वास्थ्य शिक्षाका स्नातक तहका कार्यक्रमको एकीकृत प्रवेश परीक्षामा सहभागी हुन इच्छुक उम्मेदवारलाई अनलाइन आवेदन दिन आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)