कर्रा खोलामा पुल नहुँदा स्थानीयलाई समस्या
ratopati.com · Fri Aug 07 04:44:38 GMT 2026

हेटाैँडा । मकवानपुरकाे हेटौँडा उपमहानगरपालिका वडा नं ९ र १० भएर बग्ने कर्रा खोलामा पुल नहुँदा स्थानीयलाई आवतजावतमा समस्या भएको छ ।
उक्त खोलामा २०७० सालमा कल्भर्ट निर्माण गरिएको भए पनि खोलाले धार परिवर्तन गरेपछि पुलको आवश्यकता अझ खड्किएको छ । वर्षायाममा स्थानीयलाई औषधिलगायत अत्यावश्यक सामग्री खरिद गर्न वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । घाट जाने बाटोसमेत नहुँदा आफूहरुलाई मर्का परेको उनीहरुको दुखेसो छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)