नवलपरासीमा डुङ्गबाट केरा तस्करी
annapurnapost.com · Fri Aug 07 04:41:36 GMT 2026

परासी : नवलपरासीमा डुङ्गाबाट केरा तस्करी हुने गरेको छ । भारतबाट नारायणी नदी हुँदै मोटर जडित डुङ्गाबाट केरा ल्याएर गण्डक बाँधका विभिन्न स्थानमा ल्याउने गरिएको र त्यहाँबाट ट्याक्टर र पिकअपमा लोड गरेर लैजाने गरेको किसानहरुले बताएका छन् । सीमा नाकामा प्रहरीको निगरानी बढेपछि अहिले तस्करहरुले फरक शैली अपनाएर नारायणी नदीमार्फत डुङ्गा प्रयोग गरेर केरा भित्र्याउन थालेको बताइएको छ ।
शुक्रबार मात्र किसानहरुले चार लाख बराबरका भारतीय केरासहित ट्याक्टर नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । नवलपरासीको सीमा नाकासँग जोडिएको भारतीय खड्डा क्षेत्रबाट मोटरजडित डुङ्गामा ल्याएर गण्डक बाँधको ६ नम्बर ठोक्कर नजिकमा उक्त केरा राखिएको थियो । प्रतापपुरका एक व्यापारीले लु ३ त ३५६० नम्बरको ट्याक्टरमा लोड गरेर लैजान लागेको अवस्थामा किसानहरुले केरा नियन्त्रणमा लिएको केरा उत्पादक संघ नवलपरासीका अध्यक्ष लख्खु यादवले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)