उपहार कार्यक्रमको तयारी पूरा, शुक्रवार १६ करदाताको भाग्य खुल्दै
kalakarmi.com · Fri Aug 07 04:35:08 GMT 2026

काठमाडौं- आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको जनाएको छ । विभागले बिहीवार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उपहार छनोटको विधि तथा प्रणालीबारे जानकारी गराउँदै नमुना ड्र प्रणालीसमेत प्रस्तुत गरेको थियो ।
विभागका महानिर्देशक तथा सहसचिव डा. भीष्मकुमार भूसालका अनुसार करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत पहिलो उपहार घोषणा शुक्रवार गरिनेछ ।साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका तथा नगदमा खरिद गरी आन्तरिक राजस्व विभागको वेबसाइटमा भ्याट वा प्यान बिल अपलोड गरेका उपभोक्तामध्येबाट उपहार विजेता छनोट गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)