शनिबार पूर्वका ४ जिल्लामा १२ घण्टा विद्युत् अवरुद्ध हुने
kendrabindu.com · Fri Aug 07 04:59:51 GMT 2026

काठमाडौं । शनिबार पूर्वी नेपालका चार जिल्लासहितका क्षेत्रमा १२ घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ । झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुने भएको हो ।
नेपाल विद्युत् प्राधिकरणले मोरङस्थित केरौन १३२/३३ केभी सबस्टेशनको उपकरण परीक्षण तथा सञ्चालन र दुहबी–दमक १३२ केभी प्रसारण लाइन निर्माण कार्यका कारण विद्युत् आपूर्ति अस्थायी रुपमा बन्द गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)