भन्सार छलेर ल्याइएका सामानसहित ४ जना पक्राउ
ratopati.com · Fri Aug 07 05:06:07 GMT 2026

कञ्चनपुर । कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित ४ जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेको रु ५७ हजार बराबरको तीन क्विन्टल ५० किलो तोरी र चार थान साइकलसहित उनीहरूलाई बिहीबार नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टेकबहादुर रावतका अनुुसार भारतबाट भन्सार छली ल्याइएका रु २५ हजार बराबरका पेय पदार्थ, बिडी, बोइलर कुखुरा बेलौरी नगरपालिका– २ बैजुडाँडा फालिएको अवस्थामा भेटिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)