राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार
reportersnepal.com · Fri Aug 07 05:12:40 GMT 2026
झापा, २२ साउन । राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यको ९३.३० प्रतिशत राजस्व सङ्कलन गरेको छ । पछिल्ला चार आर्थिक वर्षमा कार्यालयको लक्ष्य प्राप्ति दर ७०.२१ प्रतिशतबाट बढेर ९३.३० प्रतिशतमा पुगेको छ ।
उक्त कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा रु १८ अर्ब ८८ करोड ७७ लाख ४८ हजार ३०० राजस्व सङ्कलन गर्ने लक्ष्य तोकिएको थियो । उक्त अवधिमा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व सङ्कलन करिब रु एक अर्ब ७४ करोड ६० लाखले वृद्धि भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)