वित्तीय खर्च घट्दा श्वेत गंगा हाइड्रोपावरको नाफा साढे ९ हजार प्रतिशत भन्दा धेरैले बढ्यो
aarthiknews.com

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १७ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९ हजार ७५८ प्रतिशत धेरै हो । अघिल्लो वर्ष कम्पनीको नाफा १७ लाख ९९ हजार रुपैयाँ थियो । विद्युत बिक्रीबाट हुने आम्दानी ७८ करोड ६५ लाखबाट बढेर ८४ करोड ७० लाख पुगेको छ ।
यता, वित्तीय खर्च ४२ करोड २७ लाखबाट घटेर ३१ करोड ४७ लाख कायम भएको छ । आम्दानी बढ्दा र वित्तीय खर्च कम हुँदा नाफामा सुधार आएको हो । १ अर्ब ५९ करोड २९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ ऋणात्मक छ । अन्य जगेडामा ४३ लाख ८८ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ११.१३ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ८३.६५ रुपैयाँ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)