आफ्नै बी एण्ड सी मेडिकल कलेजको बैंक ऋण नियमित तिर्दै आएका रहेछन् दुर्गा प्रसाईं
barnanmedia.com · Fri Aug 07 05:24:05 GMT 2026

व्यवसायी दुर्गा प्रसाईंले सार्वजनिक रूपमा साना ऋणीको ऋण मिनाहाको माग गर्दै आए पनि आफ्नै बी एण्ड सी मेडिकल कलेजको बैंक ऋण भने नियमित रूपमा भुक्तानी गरिरहेको खुलेको छ। बैंकहरूका अनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको किस्ता तथा ब्याज भुक्तानी गरिएको छ।
बी एण्ड सी मेडिकल कलेजले असार महिनामा विभिन्न मितिमा गरेर साढे १२ करोड रुपैयाँभन्दा बढी रकम बैंकहरूलाई बुझाएको जनाएको छ। गत वर्ष राष्ट्र बैंकको नियमअनुसार कर्जाको पुनर्संरचना भएपछि प्रसाईंले नियमित रूपमा किस्ता तिर्न थालेको बैंक अधिकारीहरूको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)