तीन दिनमा प्रतितोला १३ हजार १ सय रुपैयाँ बढ्यो सुन
onlinekhabar.com · Fri Aug 07 05:42:35 GMT 2026

२२ साउन, काठमाडौं । तीन दिनमै सुनको भाउ प्रतितोला १३ हजार १ सय रुपैयाँ बढेको छ । बुधबार ४ हजार २ सय, बिहीबार ८ हजार र शुक्रबार ९ सय रूपैयाँले सुन महँगिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९६ हजार रुपैयाँ थियो भने बुधबार २ लाख ८८ हजार रुपैयाँ तथा मंगलबार २ लाख ८३ हजार ८ सयमा सुनको कारोबार भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)