नेपालका लागि सर्वमको कन्ट्री पार्टनर एआईएआई : साउन ३० गते सर्वम फरवार्ड नेपाल शुभारम्भ हुँदै
ictsamachar.com

काठमाडौं । भारतको फुल स्ट्याक सोभरेन आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी तथा नयाँ एआई युनिकर्न सर्वम र नेपालस्थित एसियन इन्स्टिच्युट अफ आर्टिफिसियल इन्टेलिजेन्स (एआईएआई) बीच नेपालमा कृतिम बौद्धिकता (एआई) शिक्षा, प्रतिभा विकास, व्यावहारिक नवप्रवर्तन र यसको प्रयोगलाई अगाडि बढाउन साझेदारी भएको छ ।
सर्वमका सह-संस्थापक तथा निर्देशक डा. विवेक राघवन र एआईएआईका संस्थापक निर्देशक सुनिल केसीबीच असार २६ गते (१० जुलाई २०२६) हस्ताक्षर भएको सम्झौताअनुसार सर्वमको फुल स्ट्याक एआई प्लेटफर्म र प्राविधिक विशेषज्ञतालाई एआईएआईको संस्थागत सञ्जालले नेपालमा कार्यान्वयनमा लाँदै एआई क्षमताका लागि भारत नेपालबीच पुलको काम गर्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)