कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित
corporatenepal.com · Fri Aug 07 05:37:34 GMT 2026

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।
बोर्डका अनुसार परीक्षामा ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये सबै विषयमा ग्रेड प्राप्त गर्ने परीक्षार्थीको सङ्ख्या ५७ हजार ८९७ रहेको छ । यो ८१.१९ प्रतिशतबराबर हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)